२८ आश्विन २०८३, बुधबार

बजेटभित्रै नीति तथा कार्यक्रम गाभ्न स्वर्णिम वाग्लेको सुझाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वाग्लेले नीति तथा कार्यक्रममा रहेको विषयवस्तु बजेटमा समेत समावेश हुने भएकाले नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका हुन् ।

बजेटमा छुट्टाइएका रकमहरू नीति तथा कार्यक्रमको कुनै दफामा टेकेर आएको छ भनेर पुष्टि भयो भने मात्रै उत्तरदायित्व हुने नभए कालो अक्षरको थुप्रो मात्रै हुने उनले बताए ।

नीति, नियत र क्षमताका आधारमा यथार्थपरक, विश्वसनीय र आशा जगाउने खालको बजेट ल्याउन उनले सरकारलाई सुझाव दिनुभयो । वाग्लेले दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराब गठजोड तोड्नका लागि सृजनशील भएर अगाडि जानुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै उनले सरकारले लिने लक्ष्य पुरा गर्नका लागि कार्ययोजना बनाएर नै कार्यक्रमलाई अघि बढाउन सुझाव पनि दिएका छन् ।