२८ आश्विन २०८३, बुधबार

अर्थमन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन नेपाल आएका ब्रुक्सले अर्थमन्त्री महतसँग भेट गरेका हुन् ।

भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको छ । त्यस क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुबै पक्षबीच विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भइ नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नाका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता जनाए ।

मन्त्री डा. महतले एमसीसी आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गरे ।

भेटमा नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनको पनि सहभागिता थियो ।