२८ आश्विन २०८३, बुधबार

शेरबहादुर र प्रचण्डको पैरवी गर्ने जमातले एमालेलाई गाली गर्नु अनौठो होइन : शंकर पोखरेल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पुरानो होइन नयाँ भनेर नीति र उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरूले ठिक र बेठिक छुट्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख गराइरहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि पार्टी अध्यक्ष ओलीले गरेको टिप्पणीलाई गफ ठान्ने जमातले नबोलीकन राष्ट्रलाई डुबाउने शेरबहादुर देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने पुष्पकमल दाहाल ‘प्रचण्ड’को पैरवी गरिरहेको त्यो कुनै अनौठो नभएको उनले बताए ।

सामाजिक सञ्जालमार्फत लेख्दै उनले उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा कुनै अन्तर नरहेको र ती दुबैले जनताको निराशाको लाभ लिन खोजिरहेको टिप्पणी गरेका छन् ।