
काठमाडौं, ८ जेठ । सानिमा बैंकले लमजुङको बेँसीशहरमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
बेँसीशहर नगरपालिका–७ त्रिवेणी टोलमा स्थापना गरिएको शाखा कार्यालयबाट आजदेखि औपचारिक कारोबार सुरू गरिएको हो ।
बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले सो शाखा कार्यालयको संयुक्त रूपमा शुभारम्भ गरे ।
सानिमा बंैकको देशका सात वटै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया