२८ आश्विन २०८३, बुधबार

कमर्शियल आर्टिष्ट संघको माग पूरा गर्न कार्यदल गठन, आन्दोलनका कार्यक्रम स्थगित

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । विज्ञापन बोर्डले नेपाल कमर्शियल आर्टिष्ट संघ, संयुक्त संघर्ष समितिले उठाएको मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

बाह्य विज्ञापनमा देखिएका विभिन्न समस्या सम्बोधन गरिनुपर्ने माग राखी वैशाख ३१ गतेदेखि धर्नासहितको आन्दोलनमा उत्रिएको समितिसँग आज बोर्डले पाँचबुँदे सहमति गरी माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो ।

आन्दोलनरत पक्ष नेपाल कमर्शियल आर्टिष्ट संघ, नेपाल सटर तथा भित्तेलेखन कला समिति र साइजे एशोसिएसन नेपाल समेतको संयुक्त संघर्ष समितिसँग बोर्डले सहमति गरेको हो । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, प्रमुख प्रशासकीय अधिकृत निशान राज गौतम, शाखा अधिकृत अजय राजवंशी र दिनेश लुईंटेल तथा कम्प्युटर इन्जिनीयर अञ्जली केशरीसहितको टोलीले संघर्ष समितिसँग वार्ता गरी सहमति जुटाएको हो ।

सहमति अनुसार संयुक्त संघर्ष समितिले उठाएका मागहरूलाई यही जेठ ११ गतेभित्र निष्कर्षमा पुर्‍याउनका लागि आठ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा बोर्डका तर्फबाट अध्यक्ष हुमागाईंले तोकेका चार जना र संघर्ष समितिको तर्फबाट चार जना रहने छन् ।

संघर्ष समितिका तर्फबाट संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठ, नेपाल कमर्शियल आर्टिष्ट संघका अध्यक्ष चन्द्र प्रसाद राजवंशी, नेपाल सटर तथा भित्तेलेखन कला समितिका अध्यक्ष केशव लामा र साइनेज एसोसिएशन नेपालका महासचिव किरण पन्थी कार्यदलमा रहने भएका छन् ।

यस्तै, बाह्य विज्ञापन ठेक्का प्रणालीमार्फत दिने प्रचलनको अन्त्यका लागि विज्ञापन बोर्डले विज्ञापन नियमावली, २०७७ संशोधनका लागि पहल गर्ने, बाह्य विज्ञापन रहेका स्थानमा व्यवसायी तथा स्थानीय तहको सहमतिबेगर च्यात्ने, हटाउने वा मेटाउने जस्ता कार्य रोक्न अनुरोध गर्ने, यही जेठ ११ गतेभित्र इम्बोस्ड नम्बर प्लेटलगायतका मागका सम्बन्धमा पत्राचार एवम् गृहकार्य गरी सम्बन्धित निकायमा पठाउने सहमति पनि भएको छ ।

सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको साइनेज एसोसिएशन अफ नेपालका अध्यक्ष सूर्यबहादुर कार्कीले जानकारी दिए ।

बोर्डसँग भएको सहमतिपछि प्रतिक्रिया दिदै नेपाल कमर्शियल आर्टिष्ट संघ, संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले हाललाई विज्ञापन बोर्डले आफूहरूको मागमा सहमति जनाउँदै सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले बिरोध तथा धर्नाका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताए । तर, माग कार्यान्वयन गर्न बोर्डले तत्परता नदेखाए पुन: कडा आन्दोलनमा उत्रिने चेतावनी उनले दिएका छन् ।

करिब चार लाख मानिसहरू आश्रित रहेको व्यवसायलाई राज्यले उपेक्षा गरेकै कारण आफूहरू आन्दोलित हुनुपरेको उनको भनाइ छ ।

यस्तै, नेपाल कमर्शियल आर्टिष्ट संघका केन्द्रीय अध्यक्ष चन्द्र राजवंशीले आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद प्रकट गरे । राज्यले आर्ट व्यवसायलाई असर पुग्नेगरी कुनै पनि किसिमका नीति निर्धारण नगर्न चेतावनी दिदै व्यवसायीहरूलाई मारमा पारी ठेकेदार र बिचौलियाहरूलाई पोस्ने किसिमका विद्यमान नीति तत्काल संशोधन गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनीहरूले स्थानीय सरकारको अवैज्ञानिक कर खारेज गर्नुपर्ने, विज्ञापन करमा ठेक्का प्रथाको अन्त्य हुनुपर्ने, साइनबोर्ड, भित्तेलेखन, होर्डिङ बोर्ड हटाउने, मेटाउने, च्यात्नेजस्ता कार्यहरू बन्द हुनुपर्ने, इम्बोस्ड नम्बर प्लेटको खारेजी तथा विदेशी ठेक्का प्रथाको अन्त्य हुनुपर्ने र विज्ञापन बोर्डमा नेपाल कमर्शियल आर्टिष्ट संघको प्रतिनिधित्व हुनुपर्नेलगायत माग राख्दै आएका छन् ।

यस्तो छ सहमति–