२८ आश्विन २०८३, बुधबार

बुद्ध एयरको जहाजमा फेरि मुसा भेटियो, ब्यागेज तथा लगेजलाई राम्ररी प्याक गर्न अनुरोध

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्रयापमा मुसा भेटिएको छ ।

बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको थियो ।

जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजगता अपनाइएको थियो ।

आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टीमले सो जहाजलाई काठमाडौं ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैदेखि पुन: व्यावसायिक उडान थालिने बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ ।

कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।