२८ आश्विन २०८३, बुधबार

पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले बढ्दै ! (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

समितिले आज आइतबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउँदै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो ।

त्यस्तै, सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले सेवा सुविधा पाए नपाएको तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्ने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सेवा तथा सुविधा सम्बद्ध सञ्चार प्रतिष्ठानले कार्यान्वयनमा ल्याए नल्याएकोे अध्ययन गरी आवश्यक कारबाही गर्न समितिलाई थप अधिकार अधिकार दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

समितिको प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रामिक लागू गर्न सरकार तयार रहेको जानकारी दिएकी छिन् ।

मन्त्री शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन बाध्यकारी बनाउनुपर्ने उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रममा समानुपातिक विज्ञापन प्रणालीको विषय राखिएकाले सरकारले लोक कल्याणकारी विज्ञापन कटौती गर्न नखोजेको जानकारी दिएकी छिन् ।

त्यस्तै, समितिले ऐन कार्यान्वयन नगर्ने प्रतिष्ठानले कुनै पनि सरकारी सूचना प्रकाशन/प्रशारण गर्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ भने सञ्चार प्रतिष्ठान सञ्चालनका लागि सूचना वा विज्ञापनको समानुपातिक वितरण एकद्वार प्रणालीमार्फत कार्यान्वयन गराउनुपर्ने सुझाव पनि दिएको छ ।