२८ आश्विन २०८३, बुधबार

सरकारको नीति तथा कार्यक्रम गन्तव्यहीन छ : केपी ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको कुनै गन्तव्य नभएको बताएका छन् ।

सरकारले हिजो शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले खास–खास कुरालाई सम्बोधन नगरिएको कार्यक्रम अर्थहीन र गन्तव्यहीन भएको बताएका हुन् ।

‘नीति नै छैन नि यसमा । नीतिमाथि कुनै छलफल नै छैन । यो हाम्रो डेस्टिनेशन हो, यस बाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भने, ‘त्यसले काम पनि गर्नसक्थ्यो । यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ, अर्थपूर्ण छैन ।’

नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको ओलीको भनाइ छ । ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम पाँच वटा बजेट हो । तर, त्यसतिर छुवाएकै छैन । त्यसतिर अर्थ राखेको छैन । हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौं भन्ने कुरा आउनुपर्ने हो । तर, यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ,’ ओलीले भने ।