
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’ शुभारम्भ गर्दै उनले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेकाले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु, हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौँ,’ उनले भने ।
शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समिति, सङ्क्रमणकालीन न्याय र गणतन्त्रविरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको उनले स्पष्ट गरेका छन् ।













प्रतिक्रिया