२८ आश्विन २०८३, बुधबार

स्वास्थ्यमन्त्री बस्नेतसहित ६ जनाको टोली जेनेभा प्रस्थान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को ७६औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ जना छन् ।

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।