२८ आश्विन २०८३, बुधबार

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती नियुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ६ जेठ । कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त भएका छन् ।

कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

उनी महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका थिए । यसअघि उप्रेती त्रिभूवन विश्व विद्यालयको राजिष्ट्ररसमेत भएका थिए ।

यस्तै, बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पोसाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।