
काठमाडौं, ६ जेठ । सत्ता गठबन्धनको दल नागरिक उन्मुक्ति पार्टीले आज शनिबारदेखि गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको बताउँदै नेपाल बन्दको कार्यक्रम तत्कालका लागि फिर्ता लिएको बताइएको छ ।
आफ्नो पार्टीका संस्थापक नेता रेशक चौधरीलाई जन्मकैदको फैसला सुनाएको विरोधमा सो पार्टीले आजदेखि नेपाल बन्दको घोषणा गरेको थियो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले हिजो शुक्रबार विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्म बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन् ।
‘सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले, नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।













प्रतिक्रिया