२८ आश्विन २०८३, बुधबार

आजको मौसम : कोशी र मधेश प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । आज कोशी र मधेश प्रदेशका केही भागमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।

विभागले आज राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।