२९ आश्विन २०८३, बिहिबार

एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ ।

यही वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा बस्ने तय भएको बैठक काठमाडौंमै बस्न लागेको हो ।

संसदको बजेट अधिवेशन सुरू भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानको समीक्षा गर्नाका साथै समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल गर्ने तयारी छ ।

केन्द्रीय कमिटी बैठकअघि भोलि सोमबार केन्द्रीय कार्यालयको र मंगलबार सचिवालयको बैठक बोलाइएको छ ।