२९ आश्विन २०८३, बिहिबार

इनोसेन्ट देख्दैमा पल शाहलाई राम्रो भन्न मिल्दैन, मलाई मार्ने प्लान थियो : समीक्षा अधिकारी

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । गायिका समीक्षा अधिकारीले इनोसेन्ट देख्दैमा पल शाहलाई राम्रो मान्छे भन्न नमिल्ने बताएकी छिन् ।

एक टिभी कार्यक्रमको सवाल–जवाफमा उनले पल शाहले आफूलाई मार्नेसम्मको योजना बनाएको खुलासा गर्दै राम्रो मान्छे नभएको बताएकी हुन् ।

तर, आफूले माया गरेको मान्छे नराम्रो ठाउँमा नपुगोस् भन्ने उद्देश्य अनुसार आफू गलत सावित हुँदै पललाई जोगाएर सफाइ दिने वातावरण बनाएको दाबी उनको छ ।

‘मैले उनीविरुद्ध मुद्दा हाल्नुका धेरै कारण थिए, त्यसमध्ये मुख्यचाहिँ सेफ्टीकै लागि थियो । तर, परिस्थिति सोचेजस्तो बनेन र आज म नराम्रो ऊ राम्रो भएको छ,’ गायिका अधिकारीले भनेकी छिन्, ‘त्यो बेला मलाई मार्नेसम्मको प्लान बनाइएको थियो । त्यो मलाई थाहा छ, बाहिर थाहा छैन । कसैलाई इनोसेन्ट देख्दैमा त्यो राम्रो मान्छे हुन्छ भन्ने छैन ।’

आफूले सार्वजनिक रुपमा गलत ट्याग भिरेर पल शाहलाई जेलबाट छुटाएको बताउँदै उनले धेरैले आफूलाई नराम्रो भनेकोमा चित्त दुखाएकी छिन् । उनले आफू गलत नभएको जिकिर गर्दै वास्तविक कुरा आफू र पललाई मात्र थाहा भएको बताइन् । अरु र आफूले ढाँटे पनि आफ्नो मनले कसैलाई ढाँट्न नसक्ने उनको भनाइ छ ।