२९ आश्विन २०८३, बिहिबार

विष्णु रिजालले अध्यक्ष केपी ओलीलाई बुझाए चीन भ्रमणको प्रतिवेदन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले हालै गरेको दुई साता लामो चीन भ्रमणको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् ।

विश्व कम्युनिष्ट पार्टीका सैद्धान्तिक कार्यकर्ताहरूका लागि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको विशेष कार्यशाला ‘वर्कशप फर थियोरेटिकल क्याडर्स अफ वर्ल्ड कम्युनिष्ट पार्टीज’मा सहभागी भएर फर्किएका रिजालले दुई दिनअघि प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा कार्यशालाका विषयवस्तु र आफ्ना अनुभूतिहरू समेत समावेश गरिएको जानकारी उनले दिएका छन् । उनी कार्यशाला गोष्ठीमा सहभागी हुन पार्टीको तर्फबाट वैशाख २ गते चीन गएका थिए ।

कार्यशालामा उनले एमालेको तर्फबाट जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज), त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यशालामा सहभागी भइ आफ्नो विचार व्यक्त गर्ने अवसर प्रदान गरेकामा उनले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति आधार व्यक्त गरेका छन् ।