
काठमाडौं, २३ वैशाख । हास्यव्यङ्ग्य अभिनेत्री पल्पसा डंगोल (चम्सुरी) ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् ।
मिर्गौला फेरेर नयाँ जीवन पाएकी यी कलाकार चम्सुरीले आफ्नो जन्मदिनको अवसर पारेर हिजो आफ्नो नयाँ गीतको भिडिओ सार्वजनिक गरेकी हुन् ।
काठमाडौंमा एक समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मुलरीधर, किरण केसीसहित दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे (माग्ने बुढा) लगायतले उनको गीत बिमोचन गरेका हुन् ।
उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट गीत रिलिज गरेकी छिन् । भिडिओमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ ।
दुर्गा पौडेलले खिचेको भिडियोलाई नवीन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेकोे गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् ।













प्रतिक्रिया