
काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्यबीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका छन् ।
कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले शनिबार सिन्धुपाल्चोकको सुनकोशीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताएका हुन् ।
उनले स्वास्थ्यबीमा रकम केहि घटेको भन्दै आगामी बजेटमा यसलाई बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री बस्नेतले देशभरका अस्पताको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।
उनले यसै वर्षदेखि मुलुकमा मल स्थापना गर्नका लागि पनि आवश्यक बजेट बिनियोजनका लागि पहल गर्ने बताए । मन्त्री बस्नेतले सबै मिलेर देशमा लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।













प्रतिक्रिया