२९ आश्विन २०८३, बिहिबार

थप ७६ जनामा कोरोना पुष्टि, २६ जना डिस्चार्ज हुँदा कति छन् आईसीयु र भेन्टिलेटरमा ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६०३ जनाको स्वाब परीक्षण गर्दा ७६ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५५ जनाको पीसीआर परीक्षण गर्दा १ जना र एक हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २६ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १३७ जना छ । सक्रिय सङ्क्रमितमध्ये २४ जना आइसोलेसन, १२ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।