
दाङ, २३ वैशाख । दाङको घोराही उपमहानगरपालिका–१५ कपासीस्थित एक होटेलका सञ्चालकले आफ्नै होटेलमा काम गर्ने एक २० वर्षीया महिलालाई बलात्कार गरेका छन् ।
महिलालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१४ मिलनचोक बस्ने ४२ वर्षीय डोरबहादुर खत्री पक्राउ गरेका छन् ।
उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार खत्रीले आफ्नै होटेलमा काम गर्ने ती महिलालाई जबरजस्ती करणी गरेका थिए । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैबीच, काठमाडौंमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले उदयपुर ताप्ली गाउँपालिका–२ घर भई हाल काठमाडौ नागार्जुन नगरपालिका–४ डेरा गरी बस्ने २२ वर्षीय दिनेश मगरलाई पनि पक्राउ गरेको छ ।
मगरले ती किशोरीलाई आफ्नो डेरा कोठामा ललाई फकाई लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई आज शनिबार बिहान पक्राउ गरेको हो ।
दुई वटै घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













प्रतिक्रिया