२८ आश्विन २०८३, बुधबार

विमानस्थलमा खटिने निगमका कर्मचारीलाई खल्तीरहित पोसाक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन निर्देशन दिएको छ ।

यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोसाकको व्यवस्था गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोसाकको व्यवस्था गरिएको छ ।

ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ । त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानसथलमास्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशिल गराइएको निगमले जनाएको छ ।