
काठमाडौं, २२ चैत । भक्तपुर चाँगुनारायण नगरपालिका २ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका २ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका २ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२,०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया