
काठमाडौं, १७ चैत । नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।
आज शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाए पनि उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित दर्ता गरेको हो ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।
जितसँगै प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेता टोलीले ३ हजार डलर प्राप्त गरेको छ ।
यसअघि २०७७ को चैतमा भएको थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि पनि नेपालले हात पारेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।















प्रतिक्रिया