३० आश्विन २०८३, शुक्रबार

पाल्पामा प्रेस चौतारी नेपालको नगर कमिटी गठन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १७ चैत । प्रेस चौतारी नेपालले पाल्पाको तानसेन नगरपालिकामा आफ्नो कमिटी विस्तार गरेको छ ।

स्थानीय पत्रकार गुणवती केसीको अध्यक्षतामा महिला पत्रकारहरूमात्रै सहभागी रहेको ६ सदस्यीय तानसेन नगर कमिटी गठन गरिएको संगठनका केन्द्रीय महासचिव हिरामान लामाले जानकारी दिए ।

लामाका अनुसार कमिटीको उपाध्यक्षमा सिर्जना कार्की, सचिवमा पवित्रा पराजुली र कोषाध्यक्ष मासुमित्रा कँडेल रहेका छन् । यस्तै, सदस्यमा सञ्जिला कार्की, सिर्जना बोहरा र सुजाता खराल रहेका छन् ।

महिला पत्रकारहरू मात्रै सम्मिलित प्रेस चौतारी नेपालको यो कमिटी संगठनको इतिहासमै पहिलो भएको महासचिव लामाको भनाइ छ ।