२८ आश्विन २०८३, बुधबार

आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ ।

प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन्।

चलचित्रमा निर्देशक भण्डारीले भनेझैँ आफू प्रस्तुत भएको अभिनेत्री खड्काले बताएका छन् । “मलाई सुरूमा यसमा सुहाउँदीन कि भन्ने लागेको थियो । यद्दपि निर्देशकले भनेपछि विश्वस्त भए ।”यो विसुद्ध प्रेमकथामा बनेको चलचित्र हो”,

अभिनेत्री खड्काझैँ अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो ।

खड्काले यसमा निर्वाह गरेका भूमिका निर्देशककै अनुसार गरिएको बताए।

“यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ ।

निर्देशक भण्डारीले भेटेको एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए। भण्डारीले “मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिए, अहिले प्रेममा स–साना कुराले पनि समस्या आउने गरेका छन् । यी सब क्षणिक हुन् । चलचित्र हेरेपछि त्यो थाहा हुन्छ, द्वन्द्वप्रधान चलचित्रमार्फत निर्देशकमा पाइला टेके । यसपछि प्रेमकथानक चलचित्र चार/पाँच वर्षसम्म बनाउँदिन ” भनेका छन् ।

प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो ।

चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन् ।

चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो ।