
काठमाडौं, १६ चैत । सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँटमा विवाद देखिएपछि आज रोकिएको मन्त्रिपरिषद् विस्तार भोलि शुक्रबार हुने भएको छ ।
भोलि दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
सत्तागठबन्धनभित्र कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने सहमति जुटेसँगै आज बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो ।
तर, केही मन्त्रालयमा एक भन्दा बढी दलहरू दाबी प्रस्तुत गरेपछि विवाद उत्पन्न हुँदा स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आफैं मन्त्रालय मिलाएर सपथ गराउने तयारी गरेका छन् । तर, सरकारमा सहभागी हुने दलहरू सबैले मन्त्री बन्नेहरूको नामावली दिएका छैनन् ।















प्रतिक्रिया