२८ आश्विन २०८३, बुधबार

विरोधीहरु आतङ्कित भएर हामीलाई जालझेल गरेर सरकारबाट हटाइयो :अध्यक्ष ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नराम्रो काम गरेर होइन, सक्षम ढंगले राम्रो काम गरे वापत विरोधीहरु आतङ्कित भएर हामीलाई जालझेल गरेर सरकारबाट हटाएइको बताएका छन ।

आज गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको संविधान एमालेको पहलमा बनेको बताए ।

संविधान जारी गर्नमा एमालेको महत्वपूर्ण योगदान रहेको सम्झना गर्दै अध्यक्ष ओलीले संविधान निर्माणपछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भए पनि कांग्रेस इमानदार नभएको बताएका छन।

यस्तै ओलीले कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको बताउदै  कांग्रेस इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन नसकेको टिप्पणी गरे ।