
काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा अकल्पनीय राजनीतिक द्वन्द्वका कम्पनहरु देखा पर्न थालेको बताएका छन् ।
आज आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले राजनीतिक अकर्मण्यताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै चुनौती थपिएको भन्दै देशको अर्थतन्त्रबारे गम्भीर हुनुपर्ने बताए ।
संघीयता र प्रदेशप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदै जाँदा यसले पार्ने प्रभावमा कसैलाई चासो नभएको उनको भनाइ छ । उनले आर्थिक हिसाबले राष्ट्र सिकिस्त बिरामी भएकाले तत्काल उपचार गर्नुपर्ने सुझाव दिए ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया