२८ आश्विन २०८३, बुधबार

नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन महानगरको सूचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।

महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल हटाउन भनेको हो ।

महानगरले यसअघि पनि पटक पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनी सबैलाई जानकारी गराईसकेको भन्दै अब एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।