
काठमाडौं, १० चैत । प्रभु क्यापिटलले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले आज उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो भने प्रभु क्यापिटलमा योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई शेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, शेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफलसम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।















प्रतिक्रिया