३० आश्विन २०८३, शुक्रबार

सामुदायिक रेडियोलाई व्यवस्थित गर्न छुट्टै कानुन बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेकपा एमालेका उपमहासचिव एवम् पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोलाई व्यवस्थापन गर्नका लागि छुट्टै कानुन बनाउनुपर्ने बताएका छन् ।

आज बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्ने बताएका हुन् ।

नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको र सञ्चार नीतिमा टेकेर सामुदायिक रेडियोका लागि मात्रै सरकारले कानुन ल्याउनुपर्ने धारणा व्यक्त गरे । अहिलेको परिस्थितिअनुसार नीतिहरु निर्माण हुनुपर्ने बताउँदै उनले परिवेश अनुसारका कानुन निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा राज्यको विशेष भूमिका हुन आवश्यक रहेको बताए ।