३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा शक्तिशाली आँधी आउँदा केहीको ज्यान गयो, हजारौं मानिस प्रभावित (तस्वीर/भिडिओ)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया (अमेरिका), ९ चैत । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियामा शक्तिशाली आँधी आउँदा हजारौँ मानिहरू प्रभावित भएका छन् ।

गएराति आएको आँधीबेहरी (चक्रवात) का कारण हजारौं मानिस प्रभावित भएको वासिङ्टनस्थित राष्ट्रिय मौसम सेवाका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

कयौं स्थानमा सडकछेउका रूख ढल्दा यातायात अबरूद्ध हुनाका साथै केही मानिसको ज्यान समेत गएको र कतिपय घाइते भएको खबर छ ।

भारी वर्षासहित आएको सामुद्रिक आँधीका कारण सनफ्रान्सिस्को, अकल्याण्ड, सेक्रोमेन्टो, रिचमोण्ड, कंकोर्ड, लसएन्जल्स लगायत अन्य धेरै सहरका हजारौं घर तथा व्यापारिक कम्प्लेक्सहरूमा विद्युत् आपूर्ति बन्द भएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा आर्थिक कारोबार समेत प्रभावित भएको बताइएको छ ।