२८ आश्विन २०८३, बुधबार

तेलंगना भारतको २९ औं राज्य, आन्ध्रप्रदेशमा खुसीयाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Telangana– एएफपी

हैदरावाद, १९ जेठ । भारतको नयाँ एवम् २९ औं राज्यका रुपमा तेलंगना राज्यको स्थापना भएपछि खुसीयाली सुरु भएको छ ।

सोमबार बिहान भारतको नयाँ राज्यका रुपमा तेलंगना राज्यको घोषणा गरिएको बताइएको छ । सो राज्यका लागि त्यहाँ कम्तीमा पनि छ दशकसम्म लामो सङ्घर्षलाई मान्यता दिँदै सोमबार सो राज्यको घोषणा गरिएको थियो ।

भारतमा सो राज्यको मागगरी विगतमा लामो समयदेखि आन्दोलनमा रहेका र एक समय सोही राज्यको मागगरी भोक हड्ताल समेत गरेका कल्भकुन्तला चन्द्रशेखर रावलाई सो नयाँ राज्यको मुख्यमन्त्रीको शपथ गराइएको छ ।

सोमबार बिहान आन्ध्र प्रदेशबाट टुक्रिएर यो नयाँ राज्य बनेको हो । मुख्यमन्त्रीका रुपमा सो राज्यको माग गरिरहेका चन्द्रशेखरले नै शपथ लिएपछि थप खुसीयाली छाएको त्यहाँका नागरिकले बताएका छन् ।

स्थानीय नागरिकले गएराति देखि नै बत्ती बाल्ने, आतिशबाजीका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरी खुसीयाली मनाएका थिए ।
मुख्यमन्त्री रावलाई बधाई दिने सम्भवत पहिलो व्यक्ति नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बन्नुभएको बताइएको छ ।

उनले सोमबार बिहान आफ्नो ट्वीटर अकाउन्टमार्फत मुख्यमन्त्री चन्द्रशेखरलाई बधाई दिँदै सो राज्य र जनतालाई वर्तमान सरकारले आवश्यक रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरे ।

तेलंगना भारतको नयाँ राज्यका रुपमा आएको छ । यो हाम्रो देशको २९ औं राज्य बनेको छ भन्दै प्रधानमन्त्री मोदीले भन्नुभएको छ– तलंगनाले हाम्रो विकासको अभियानमा थप बल प्रदान गर्नेछ ।

भारतको सूचना प्रविधि सहरका रुपमा रहेको हैदरावाद अब दुवै राज्यको राजधानीका रुपमा रहने छ ।

उक्त राज्यलाई भारतको एक नयाँ राज्यका रुपमा स्थापना गर्ने अभियान भारतमा सन् १९६० को दशकदेखि नै सुरु भएको थियो । तर यस विचमा आयोजना गरिएका विभिन्न आन्दोलनले सफलता प्राप्त गर्न सकेको थिएन ।

तर पछिल्ला दिनहरुमा आन्ध्र प्रदेशको विकास राम्रो हिसाबले भएकोले त्यसमा असर पर्छ भनेर नै यसअघिका सरकारहरुले नै विभाजनको विरोध गरेका थिए ।
यसै वर्षको सुरुतिर मुख्यमन्त्रीले सोही विवादमा राजिनामा पनि दिनुभएको थियो । यसअघिको कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा भने नयाँ राज्यको अभियानमा निकै विवाद उत्पन्न भएको थियो ।

उक्त राज्यमा रहेका ४२ स्थानमा हालै भएको भारतको आमनिर्वाचनमा भारतीय काँग्रेसले जम्मा दुई स्थानमात्र हात पारेको छ ।

भारतमा विभाजित विभिन्न जातीय समूहहरुमा पनि यो रोग सर्नसक्ने र तेलंगनापछि अरु क्षेत्रका नागरिकले पनि नयाँ राज्यको मागगर्न सक्ने खतरा रहेको पनि विश्लेषकहरुले जनाएका छन् ।