३० आश्विन २०८३, शुक्रबार

गठबन्धन जोगाउने जिम्मेवारी अब कांग्रेसको हो, कुनै गल्ती नगरी अघि बढ्छौँ : शेखर कोइराला (भिडिओ)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा आज मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले अहिलेको अवस्थामा गठबन्धनलाई सम्हालेर लैजाने जिम्मेवारी कांग्रेसको भएको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताएका हुन् ।

उनले केहिदिनभित्रै कांग्रेस सरकारमा जाने भएकाले सरकारलाई राम्रोसँग चलाएर देखाउनुपर्ने धारणा व्यक्त गरे । कोईरालाले अहिले मुलुकमा देखिएको आर्थिकलगायतका समस्याबाट मुक्त गराउनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लािग पीडितहरुलाई पनि अन्तर्राष्ट्रिय मान्यताका आधारमा न्याय दिनुपर्ने पनि बताए । अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्चको आदेशलाई ध्यानमा राखेर संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अघि बढाउनुपर्ने उनको धारणा छ ।