३० आश्विन २०८३, शुक्रबार

पूर्व स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. ढकालसहित काठमाडौंका २१ जिल्ला सदस्यले छोडे नेकपा एस

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाल कम्युनष्टि पार्टी (एकीकृत समाजवादी–नेकपा एस) का काठमाडौं जिल्ला सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालसहित २१ जना जना जिल्ला सदस्यले नेकपा एस परित्याग गरेका छन् ।

नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका इञ्चार्जसमेत रहेका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं–२ का क्षेत्रीय संयोजक गोपिकृष्ण रिजाल, शंकरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्यले आज मंगलबार पार्टी परित्याग गरेका हुन् ।

एमालेबाट विद्रोह गरेर नेकपा एस गठन गर्नुको उद्देश्य र औचित्य पुष्टि हुन नसकेको र पार्टीका नेताहरू सत्ता लिप्सामा केन्द्रित भएकाले मंगलबारबाटै लागू हुनेगरी राजीनामा दिएको डा. ढकालले जनाएका छन् ।