
काठमाडौ, चैत ५ । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।
बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।
बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुने क्रम जारी छ ।
बन्दीपुरमा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एन्ड बन्जीजम्पले यहाँ सिसाको पुल निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन ।
बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यसहित पूर्वाधार निर्माणमा जुटेको शर्माले बताएका छन ।
पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम थालनी भएको छ, पुल निर्माणका लागि करिब १ अर्ब लाग्ने अनुमान गरीएको छ ।
डिपिआर तयार भएपछि बजेटको टुंगो लाग्ने र सिसाको पुल बन्दीपुरको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनका लागि कोसेढुंगा सावित हुने हाम्रो विश्वास रहेको बताउनु भएको छ ।
केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडले करिब १ अर्ब खर्चेर पुल बनाउने तयारी थालेको छ ।
बन्दीपुर गाउँपालिका ४ बरालथोकमा निर्माण भइरहेको केबलकारको होटलसहितको माथिल्लो स्टेसनको नजिकै सिसाको पुल समुन्द्र सतहबाट ३ सय मिटरमाथि निर्माण हुनेछ, त्यहाँबाट भीरमाथि हिँडेको अनुभव लिन सकिने जानकारी दिएका छन ।













प्रतिक्रिया