
काठमाडौ,४ चैत । पछिल्लो समय मूल्यबृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ ।
उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यवृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो ।
हरेक बस्तुमा मूल्यवृद्धि हुदा समेत राज्य मौन रहेको भन्दै उनीहरुले जनता नै जागरुप हुनुपर्ने बेला आएको बताएका छन् ।

धर्नामा सहभागीहरुले दोहोरो कर प्रणाली खारेज गर, बजार अनुगमन कतै देख्न पाइदैन,बिचौलियाको सिण्डिकेट चाहिदैन, अस्वभाविक मूल्यबृद्धि नियन्त्रण गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले बजारमा हावी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएका छन् ।













प्रतिक्रिया