३० कार्तिक २०८३, सोमबार

गगन, विश्व र प्रकाशलाई मिरेन्द्रको प्रश्नः कथित जनयुद्ध दिवसबारे कांग्रेसको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा मागेका छन् ।

रिजालले सरकारको निर्णयबारे प्रश्न उठाउँदै कांग्रेसका महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा र प्रवक्ता प्रकाश शरण महतलाई सामाजिक सञ्जालमा मेन्सन गर्दै पार्टीको धारणा मागेका हुन् ।

फेसबुकमा लेख्दै नेता रिजालले भनेका छन्ः

एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यस्मा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित “जनयुद्ध दिवस” बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।

यसअघि सामाजिक सञ्जालमै लेख्दै कांग्रेस नेता डा शेखर कोइरालाले संविधानले नचिन्ने जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका थिए ।

उनले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको टिप्पणी गरेको थिए ।

सरकारले आज जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक विदाबारे विभिन्न प्रश्न उठाउँदै कांग्रेस नेताहरुले  टिका टिप्पणी गरिरहेका छन् ।