
काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले नचिन्ने जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले भनेका छन्ः
एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?
एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?
— Dr Shekhar Koirala (@Shekharnc) February 13, 2023












प्रतिक्रिया