१५ कार्तिक २०८३, आइतबार

किन सार्वजनिक भएन अमेरिकी हेलिकप्टर दुर्घटनाको तस्वीर ? घटना झनै रहस्यमय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-Army-helicopter

काठमाडौँ, ३ जेठ । अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको भनिएपनि अहिलेसम्म दुर्घटनास्थलको तस्वीर सार्वजनिक नगरिँदा शंका उब्जिएको छ ।

अमेरिकी सेनाको हेलिकप्टर शुक्रबार बिहान दोलखाको घोर्थलीमा दुर्घटनाग्रस्त भेटिएको भनिएपनि अहिलेसम्म स्वदेशी तथा विदेशी मिडियामा यो सम्बन्धी तस्वीर सार्वजनिक हुन सकेको छैन । हेलिकप्टरमा २ नेपाली र ६ जना अमेरिकी थिए । उनीहरु सबैको शव भेटिएको बताइएको छ । तर, हेलिकप्टर भेटिएपछि घटनास्थल पुगेको भनिएको नेपाली सेनाले अहिलेसम्म दुर्घटनास्थलको तस्वीर सार्वजनिक गरेको छैन ।

दुर्घटनास्थलको तस्वीर किन सार्वजनिक नभएको भन्ने दैनिक नेपालको जिज्ञासामा नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका एक अधिकारीले भने- ‘यो हाम्रो काबुको कुरा रहेन, माथि नै सोध्नुपर्छ ।’

सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलको भने मोबाइल उठेन ।

सामान्यतया यस्ता दुर्घटनाका तस्वीर केही घण्टामा नै सार्वजनिक हुन गर्दथ्यो । नेपालमा विगत भएका जहाज तथा हेलिकप्टर दुर्घटनाको तस्वीर निकै छिटो सार्वजनिक गरिएका थिए । तर, विश्वले नै निकै चासोका साथ हेरेको यो दुर्घटनाको तस्वीर सार्वजनिक नहुनु आफैमा रहस्यमय छ । किनकी अमेरिकी सेनाको हेलिकप्टर हराएपछि विभिन्न आशंका र अड्कलबाजीहरु गरिएका थिए ।

अझै सबैभन्दा महत्वपूर्ण कुरा के छ भने अमेरिकी हेलिकोप्टर दुर्घटना भएको सूचना पाउनासाथ रिर्पोटिङका लागि दोलखा पुगेका अमेरिकी पत्रकारलाई स्थानीय प्रशासनले घटनास्थलसम्म जान रोकेको थियो, जसले झनै शंका गर्ने ठाउँ बनाइदिएको छ ।

दुर्घटनास्थलमा जानका लागि हेलिकोप्टर चार्टर गरेर दोलखा पुगेका अमेरिकी पत्रकारलाई स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै दोलखा सदरमुकाम चरिकोटमै रोकिदिएको थियो । अमेरिकाको वर्ल्ड न्यूज र एबिसी टेलिभिजनमा कार्यरत पत्रकारले इयर डाइनेष्टिको हेलिकप्टर लिएर दोलखा पुगेका थिए। उनीहरु केहि समय चरिकोटस्थित बर्दबहादुर गणमा आएर बसे पनि नेपाली सेनाले सो तर्फ जान अनुमति नदिएपछि जिल्लाको अन्य गाविस परिक्रमा गरी फर्केका थिए।

नेपाली सेनाले कसरी दुर्घटना भयो र के के भयो भन्ने बारे भने बारेमा विस्तृत विवरण अझै सार्वजनिक समेत गरेको छैन । दोलखास्थित बर्दबहादुर गणले भने सुरक्षाका कारण पत्रकारलाई त्यहाँ जान रोकिएको प्रष्टीकरण दिएको थियो ।