१५ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीको पत्रकार सम्मेलनमा मरणासन्न गरी कुटपिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chanda-Biplav

काठमाडौँ, ३ जेठ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले काठमाडौँको खुल्लामञ्चमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटपिट भएको छ ।

विप्लवलाई प्रश्न सोध्न खोज्दा उनका कार्यकर्ताहरुले प्रश्नकर्ताहरुलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । आइतबार दिउँसो पत्रकार सम्मेलन चलिरहेको बेला राजनीतिक दलले देशमा केही गर्न नसकेको भन्दै प्रश्न गरेका काठमाडौँ महाबौद्धका सन्दीप कुँबर लगायतका युवाहरु विप्लव माओवादीका कार्यकर्ताबाट कुटिएका हुन् । मरणासन्न गरी कुटिएका सन्दीपलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगेको छ ।

भूकम्प पीडितको उद्दार तथा राहतका लागि अन द स्पट डिजास्टर टिम गठन गरेका सन्दीप लगायतका युवाहरु विप्लव माओवादीको पत्रकार सम्मेलन भन्ने थाहा पाएपछि खुल्ला मञ्चमा पुगेका थिए । विप्लवले भूकम्पपछि आफूले गरेका कामको बारेमा जानकारी दिन खुल्लामञ्चमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।