१५ कार्तिक २०८३, आइतबार

भूकम्पबाट आठ हजार ५६७ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army and Indian Rescue team recovers a  dead bodyकाठमाडौँ, ३ जेठ । गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ५६७ पुगेको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार बढी मृत्यु हुनेमा हालसम्म सिन्धुपाल्चोकमा तीन हजार ४२३, काठमाडौँमा एक हजार २१४, नुवाकोटमा एक हजार ४५, धादिङमा ७२८, रसुवामा ५७९, गोरखामा ४१४, भक्तपुरमा ३२६, काभ्रेमा ३१८, ललितपुरमा १८१ र दोलखामा १५४ जना रहेका छन् ।

हालसम्म सर्वसाधारणका चार लाख ८८ हजार ७८८ घर पूर्णरुपमा क्षति भएका छन् भने आंशिक रुपमा दुई लाख ६७ हजार २८२ घर क्षति भएका छन् । रासस