३० कार्तिक २०८३, सोमबार

पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालको पनि चियापान कार्यक्रम

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि शाहवंशीय राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा आज बुधबार चियापान कार्यक्रम राखेको छ ।

राप्रपा नेपालले दिउँसो १ बजे काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, सुकेधारामा चियापान समारोह राखेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

यसैगरी, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि आजै पृथ्वी जयन्तीको अवसरमा दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

थापा नेतृत्वको राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा त्यागिसकेको छ भने लिङ्देन नेतृत्वको राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकिरहेको छ ।

यो पनिः

पृथ्वी जयन्तीको अवसरमा आज राप्रपाको चियापान