काठमाडौं । नेपालमा गएको महाभूकम्पले कलाकारको मनलाई पनि छिया छिया बनाएको छ । कलाकार पनि भूकम्प पीडितको मनलाई सन्तवना दिन घरदैलोमा राहत लिएर पुगिरहेका छन् । यसै क्रममा पूर्व मिस नेपाल रुबी राणा शाह पनि भूकम्प पीडितको आँसु पछ्दै राहत लिएर घरदैलोमा पुगेकी छिन् ।
दिन रात, आफ्नो परिवार समेत पनि नभनी नायिका तथा समाजसेवी ब्यबसायी रुबीले महाभूकम्प पीडितहरुको लागि राहत लिएर प्रत्यक्ष पीडित समक्ष आफै पुगेर दुःखलार्इ आत्मासाथ गर्दै राहत वितरण गरिरहेकी छिन् ।
बत्ति मुनि को अध्यारो भने जस्तै काठमाडौँ जिल्ला भित्रको नै चाबहिल कुमारीगाल कुमारी मन्दिर आसपास बस्ने अहिलेसम्म राहत नपाएका पीडितलाई आज पूर्व मिस नेपाल तथा नायिका रुबी राणा शाहले १५ वटा त्रिपाल बाँडेकी छिन् ।
पूर्व मिस नेपाल राणा उपत्यकाका विभिन्न ठाउँमा राहत बाँडेर सक्रिय बनेकी छिन् । उपत्यकामा मात्र नभई बिकट ठाउँहरु, जस्तै दोलखाको जिरी र अन्य गाबिस मा आफै पुगेको र राहत सामग्रीहरु आफ्नै हात बाट प्रत्यक्ष पीडित को पहिचान गरि आबश्यक राहतहरु वितरण गर्नु भएको छ ।
त्यसै गरि उहाँले सिन्धुपाल्चोक, गोर्खा का विभिन्न विनासकारी महा भूकम्प पीडितलार्इ पनि अत्यावश्क सामग्रीहरु जस्तै खाना, त्रिपाल, कपडा लगायत अन्य धेरै राहत सामग्री प्रत्यक्ष पीडित लाइ वितरण गर्दै आउनु भएको छ।

















प्रतिक्रिया