२८ आश्विन २०८३, बुधबार

बामदेवलाई गोली हान्नुपर्छ भन्ने अधिकृतका बाबु बल्खुको शरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raju-sah-UML

काठमाडौं । ‘गृहमन्त्री बामदेव गौतमलाई गोली हान्नुपर्छ’ भनेर फेसबुकमा कमेन्ट गरेका कारण पक्राउ परेका सिरहा लहानका प्रशासकीय अधिकृत राजुप्रसाद साहका बाबु छोरालाई माफी दिन आग्रह गर्दै एमाले मुख्यालय बल्खु पुगेका छन् ।

छोरालाई कारवाही हुने देखेर एमाले कार्यकर्ता रहेका राजुका बाबु गेनलालप्रसाद साह विन्तिभाउ गर्दै बल्खु पुगेका हुन् ।

गृहमन्त्री गौतमका स्वकीय सचिवले गेनलालप्रसादलाई छोराले मन्त्रीज्यूविरुद्ध जथाभावी बोलेका कारण कारवाही नरोकिने भन्दै फर्काइदिएको उनले बताए ।

गृहमन्त्री बामदेव गौतमले सडक नियम पालना नगरी रस्सी नाघेर बाटो काटेको विषयमा नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा अधिकृत साहले ुसालेको पिछुवाडाबाट गोली ठोकिदिनुपर्छु भन्ने कमेन्ट गरेपछि बीरगञ्ज प्रहरीले शनिबार उनलाई नियन्त्रणमा लिएको थियो ।

यद्यपी रमेश खरेल प्रकरणका कारण विवादमा रहेका गृहमन्त्री गौतमले आफूलाई गोली हान्नु पर्छ भन्ने राजुप्रसाद साहलाई गर्ने भनिएको कारवाहीको विषयलाई लिएर पनि चर्को आलोचना खेप्नु परेको छ ।