२८ आश्विन २०८३, बुधबार

बुढेसकालमा बिहे गर्दै श्रीकृष्ण श्रेष्ठ, अनुप र दियाको विहे पनि असारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shreekrishna-Sweta
निकै लामो समयको चर्चा पछि नायक श्रीकृष्ण श्रेष्ठले कहाँ भेटिएलाकी नायिका स्वेता खड्कालाई आफ्नो जीवनकै नायिका बनाउने भएका छन् ।
हिट चलचित्र ‘कहाँ भेटिएला’मा एकै साथ काम गरेको यो जोडी लामो समय देखि प्रेम सम्बन्धमा थियो ।
नायक राजेश हमालले बिहे नगरी आफू पनि नगर्ने बन्दै बसेका श्रीकृष्णले हमालको विवाह भएको केही सातामा नै आफूले पनि बिहे गर्ने निर्णय लिएका छन् ।
कहाँ भेटिएलाको जोडी लामो समयदेखि एकसाथ काम गरेको र राम्रो सम्बन्ध कायम रहेकाले बिहे गर्ने निष्कर्षमा पुगेको बताईन्छ ।
श्रीकृष्ण र स्वेताको आगामी चलचित्र ‘कोहिनुर’ प्रदर्शनको पर्खाईमा छ ।
यता, आठ वर्षदेखि रंगकर्मी तथा अभिनेत्री दिया मास्केसँग मित्रता गाँसिरहेका अभिनेता, निर्देशक तथा रंगकर्मी अनुप बरालले उनैसँग लगनगाँठो कस्ने भएका छन्। हाल फिल्म ‘फन्को’को सुटिङमा व्यस्त अनुपले असारको अन्तिमतिर विवाह गर्ने योजना रहेको जनाएका छन्।

अनुपले आफुले सामान्य किसिमबाट विवाह गर्ने बताए। ‘विवाहको मिति निश्चित भईसकेको छैन, तर असारको अन्तिमतिर विवाह गर्ने योजना चाहिँ हो,’उनले भने,‘तडकभडक र भव्य किसिमले विवाह गर्दिन, सामान्य किसिमले गर्ने हो, साथीभाई, इष्टमित्र बोलाएर भोज पनि दिनेछु।’

बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल‘बात्सायन’का छोरा अनुपले काठमाडौंको धापासीमा रहेको घरबाट विवाह गर्नेछन्। ‘विवाहपछि मात्र पोखरा ल्याउछु, पोखराबाट विवाह गर्दा अलिकति समस्या पर्ने भयो।’ उनले भने। आठ वर्षको मित्रतालाई वैवाहिक सम्बन्धसम्म ल्याउन पाउँदा पाउँदा खुशी लागेको बताए। अनुपद्वारा निर्देशित पहिलो फिल्म ‘फिटकिरी’ हो, जसमा नायिका मास्केले प्रमुख भूमिकामा अभिनय गरेकी छन्।

diya-masley-and-anup-baral-wedding