काठमाडौं, जेठ १८ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आइतबार स्थानिय बजारमा २ सय ५० रुपैयाँ घटेर तोलाको ५१ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ५१ हजार १ सय ५० रुपैयाँ तोकेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँ किनबेच भएको थियो ।
तेजाबी सुनको मूल्य पनि आइतबार तोलामा २ सय ५० रुपैयाँ घटेर ५० हजार ९ सय रुपैयाँमा किनबेच भइरहको महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा किनबेच भइरको छ । गत शुक्रबार चाँदी तोलाको ७ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।













प्रतिक्रिया