५ कार्तिक २०८३, बिहिबार

घाँस काट्न गएको बेला भूकम्प गएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट(उदयपुर), २९ वैशाख । रुख चढेर घाँस काट्दै गर्दा भूकम्प आएकाले लडेर रामपुर ठोक्सिला–३ बस्ने ३६वर्षीय कृष्णकुमारी श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पले रुख हल्लाउँदा अत्तालिएकी श्रेष्ठ रुखबाट ओर्लँदै गर्दा खसेर निधन भएको हो । यहाँ भूकम्पबाट भाग्दै गर्दा र भवनहरुले थिच्दा पाँच जना घाइते भएका छन् । साथै पञ्चावती गाविसको एक प्राथमिक विद्यालय पूरै भत्केको र केही भवन भत्केको प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । रासस