५ कार्तिक २०८३, बिहिबार

अपडेट: काठमाडौँमा ७ जनाको मृत्यु, पाँच सय घाइते मर्नेको संख्या १२ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kathmandu-Bhukampa-Ghaite

काठमाडौँ, २९ बैशाख । आजको महाभूकम्पबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

Kathmandu-Bhukampa-Ghaite2

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ७ जनाको ज्यान गएको महानगरीय प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढ्ने बताइएको छ । अहिलेसम्म काठमाडौँमा मात्रै ५ सय भन्दा बढी घाइते भएका छन् । काठमाडौँका विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेकाका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

आजको महाभूकम्पबाट दोलखामा श्रीमान श्रीमतीकै ज्यान गएको छ । बाँकी रहेका २५ प्रतिशत घर पनि ढलेका छन् । सुनसरीमा पनि दुई जनााको ज्यान गएको छ । सर्लाहीको हरिवनमा ५० बर्षीय सुकमाया मगरको भूकम्पमा परी ज्यान गएको छ । उनका १८ बर्षीय छोरा घाइते भएका छन् ।

प्रहरीका अनुसार, काठमाडौँमा पुराना घरहरु ढलेका छन् । थप विवरण आउन बाँकी छ ।

दैनिक नेपालको यो पेज रिफ्रेस गर्दै गर्नुहोला ।
यो पनि पढ्नुहोस् :
सिन्धुपाल्चोकमा चार जनाको मृत्यु, एकसय घाइते, भक्तपुर र ललितपुरमा पनि दर्जनौँ घाइते