५ कार्तिक २०८३, बिहिबार

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २९ वैशाख । महोत्तरी प्रहरीले आज बिहान चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बनौली दनौली–३ बस्ने २१ वर्षीय सोनु झा र वडा नम्बर ९ बस्ने अजयलाल दास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका दुवैजनाले गएराति ११ बजे आफ्नो गाउँमा धनुषा जिल्लाको तुल्सियाही–५ बाट ज.६प ३१२५ नम्बरको मोटरसाइकल चढी जन्ती आएका राजकिशोर यादवको मोटरसाइकल चोरी गरी भागेका थिए ।

मोटरसाइकल चोरी भागेका दुवैलाई रातिदेखि नै प्रहरीले व्यापक खोजी गर्दै जाँदा उनीहरु आज बिहान एकरहिया गाविसको ढेकहा बजारबाट पक्राउ परेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई आवश्यक चोरीसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको तथा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइसकेको प्रहरीनायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस